नियम ५७
आन्तरिक लेखा परीक्षण शाखाको व्यवस्था
ऐनको दफा २३२ को उपदफा (१) को
प्रयोजनको लागि अनुसूची–८० मा उल्लेख भएका जिल्लाका जिल्ला विकास समितिमा
सहायकस्तर र अन्य जिल्लामा अधिकृतस्तरको कर्मचारी प्रमुख र आवश्यकतानुसार
अन्य सहायक कर्मचारी सहितको आन्तरिक लेखा परीक्षण शाखा खडा गर्नु पर्नेछ ।